FAQs Complain Problems

सूचना

धुर्कोट गाउँपालिकामा यहाँलाई हार्दिक सुस्वागतम् !

धुर्कोट गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश गुल्मी जिल्लामा पर्ने धुर्कोट गाउँपालिकामा साविकका नयाँगाँउ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु, धुर्कोट रजस्थल र वाग्ला गरी  ७ गा.वि.स.हरु समावेश भएका छन्।  ८६.३२ वर्ग कि.मि. क्षेत्रफल रहेको यस धुर्कोट गाउँपालिकाको जनसंख्या १८८१४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा रेसुङ्गा न.पा., पश्चिममा मदाने गाउँपालिका , उत्तरमा मालिका तथा ईस्मा गाउँपालिका तथा दक्षिणमा अर्घाखाँची जिल्ला रहेका छन्। ७ वटा वडा कार्यालयहरु रहेको यस धुर्कोट गाउँपालिकाको केन्द्र वरवोट भन्ने ठाँउमा रहेको छ।